अमूलको प्रेरणादायी कथा: स्वादभन्दा धेरै, आत्मनिर्भर भारतको प्रतीक
जब भारतमा तपाईंले बिहान बटर लगाएर रोटी खानुहुन्छ, के तपाईंलाई थाहा छ त्यो बटरको पछाडि एउटा क्रान्तिकारी कथा लुकेको छ? अमूल केवल एक ब्रान्ड होइन, यो त लाखौं भारतीय किसानहरूको परिश्रम र एकताको परिणाम हो।
अमूल – ब्रान्ड भन्दा बढी, एक भावना
अमूल केवल एउटा ब्रान्ड होइन, यो त भारतीय जीवनशैलीको हिस्सा बनिसकेको छ। बिहानको चिया होस् वा बच्चाहरूको मनपर्ने बटर, अमूल आज प्रत्येक घरको अङ्ग बनिसकेको छ। तर अमूल केवल स्वादको नाम मात्र होइन, यो ३६ लाखभन्दा बढी किसानहरूको अभिभावक हो, जसले उनीहरूको मेहनतको सही मूल्य दिलाउने काम गर्छ।
सुरुवात: जब किसानहरू थिचिएका थिए
“ १९४० को दशकमा गुजरातको आनन्द भन्ने सानो शहरमा किसानहरूले दूध उत्पादन गर्थे। तर उनीहरूले उचित मूल्य पाउँदैनथे। एउटा निजी कम्पनी पॉलसन ले बजार नियन्त्रण गरेको थियो। किसानहरूको कुनै आवाज थिएन। ”
आज जुन अमूल हामीलाई सहज र सस्तो लाग्छ, यसको सुरुवात त्यति सहज थिएन। यो कथा सुरु हुन्छ सन् १९४० को दशकबाट, जब भारतका गाउँहरूमा किसानहरू गाईभैंसी पालेर दूध बेच्ने गर्थे। बिहान सबेरै महिलाहरू पशु सेवा गर्थे, दूध दुहुन्थे र किसानहरूले त्यो दूध बजारमा बेच्थे। तर समस्या के थियो भने उनीहरूलाई आफ्नो मेहनतको उचित मूल्य मिल्दैनथ्यो।
यो दूधको व्यापारमा सबैजना विचौलिया र ठेकेदारहरूको कब्जा थियो। किसानहरूका लागि त्यो दूध बेचन अनिवार्य थियो, नत्र बिग्रन्थ्यो। यही मौका कुरेर विचौलियाहरूले सस्तोमा दूध किन्थे र आफू नाफा कमाउँथे। सोही कारण केही किसानहरुले आत्महत्या पनि गर्न बाध्य भए।
ब्रिटिश शासन र पॉलसन कम्पनी
त्यो समय ब्रिटिश सरकारले "बम्बई मिल्क स्कीम" ल्याएको थियो, जसअन्तर्गत गुजरातका विभिन्न ठाउँमा किसानहरूबाट दूध संकलन गरेर प्रोसेस गरेर बम्बई पुर्याइन्थ्यो। तर यो कामको ठेक्का पॉलसन नामक एक निजी कम्पनीलाई दिइएको थियो। पॉलसन कम्पनीले किसानहरूको शोषण गर्दै आएको थियो। किसानहरू मजबुरीमा कम दाममा दूध बेच्न बाध्य थिए।
यस्तो अवस्थाबाट गुज्रिरहदा केही किसानहरुले आत्महत्या नै गरे,
जब समस्या हद पार गर्यो, किसानहरू त्रिभुवनदास पटेलकहाँ पुगेर गुनासो गरे। त्रिभुवनदास पटेलले उनीहरूलाई सरदार वल्लभभाई पटेलकहाँ लगे। सरदार पटेलले किसानहरूलाई सुझाए – "एकजुट हौऔ, सहकारी बनाऊ।" फेरि पटेलले किसानहरूलाई सम्झाए – "तपाईंहरूले आफैं मिलेर डेरी चलाउनुहोस् न, विचौलिया हटाउनुहोस्।"
आन्दोलन र पहिलो सफलताको सुरुवात
१९४६ मा गुजरातको खेड़ा (Kaira) जिल्लामा किसानहरूले हडताल गरे। १५ दिनसम्म दूधको सप्लाई बन्द भयो। ब्रिटिश सरकारले निकै दबाब दिए पनि किसानहरूको एकता टुटेन। अन्ततः सरकार झुक्न बाध्य भयो।
जुन १९४६ मा "कायरा डिस्ट्रिक्ट को-ऑपरेटिभ मिल्क प्रोड्यूसर्स युनियन लिमिटेड" को स्थापना भयो, जुन नै आजको अमूल हो। त्रिभुवनदास पटेलको अगुवाइमा यो संस्थाले सबै किसानहरूलाई समेट्यो – चाहे उनीहरूको जात, धर्म वा आर्थिक अवस्था जे भए पनि।
डा. वर्गीस कुरियन – मिल्क म्यान अफ इंडिया
अमूलको वास्तविक कायापलट तब भयो जब डा. वर्गीस कुरियन यस अभियानमा जोडिए। उनी एक मेकानिकल इंजिनियर थिए र सुरुमा यहाँ आउन इच्छुक थिएनन्। तर त्रिभुवनदास पटेलसँग भेट भएपछि उनको दृष्टिकोण परिवर्तन भयो।
कुरियनले देखे – दूध बिग्रिरहेको छ, किसानहरूलाई घाटा भइरहेको छ। त्यसैले उनले दूधबाट बटर, कन्डेन्स्ड मिल्क र मिल्क पाउडर बनाउन सुरु गरे। खास कुरा के थियो भने भारतमा प्रायः भैंसीको दूध हुन्छ, तर मिल्क पाउडर प्रायः गाईको दूधबाट बनाइन्थ्यो। कुरियन आफ्ना एक जना डेरी विशेषज्ञ साथीसंग मिलेर भैंसीको दूधबाट पनि मिल्क पाउडर बनाउन सकिने प्रविधि विकास गरे।
“India’s place in the sun would come from the partnership between the wisdom of its rural people and the skill of its professionals.” – Dr. Kurien
१९५५ मा एशियाको सबैभन्दा ठूलो दूध प्लान्ट खोलेर अमूलले इतिहास रच्यो।
Anand Milk Union Limited : AMUL
अमूलको ब्रान्ड – "अमूल गर्ल" र बजारको जित
तर ब्रान्ड बन्नका लागि केवल राम्रो उत्पादन पुग्दैन। त्यसैले "अमूल गर्ल" को जन्म भयो – डटेड फ्रक लगाएकी, चञ्चल केटी – जसले "utterly butterly delicious" जस्ता पोस्टरमार्फत अमूललाई घरघरमा चिनाइन्।
img credit: Deccan Herald |
यस विज्ञापन अभियानले अमूललाई केवल डेरी ब्रान्ड नभई संस्कृतिक पहिचानमा बदलेको छ। आज पनि हरेक हप्ता नयाँ टपिकल पोस्टर आउने गर्छन् – जुन भारतकै सबैभन्दा लामो चल्ने विज्ञापन हो।
हिजोको किसान आजको उद्योगपति
सन् १९७० मा "White Revolution" अर्थात् श्वेत क्रान्ति र "ऑपरेशन फ्लड" को सुरुवात भयो। भारतकै सबै गाउँहरूबाट दूध उठाएर शहरहरूमा पुर्याइन्थ्यो। अमूल ब्रान्ड अन्तर्गत सबै यूनियनहरू काम गर्न थाले। निजी कम्पनीहरू जस्तै पॉलसन कम्पनी बन्द हुन पुग्यो।
अमूल आज
आज अमूल केवल दूध र बटरमा सीमित छैन। उसले फ्लेवर मिल्क, आइसक्रिम, चीज, पिज्जा चीज, मिल्कशेक, दही, बटरमिल्क, प्रोटीन ड्रिंक, हेल्थ मिल्क, रेडी टु ईट फुड, र मिष्ठान्न (डेजर्ट) सम्म सबथोक उत्पादन गर्छ।
आज अमूल भारतको सबैभन्दा ठूलो डेरी फूड ब्रान्ड हो। र सबैभन्दा ठूलो कुरा – यो हरेक प्रोडक्टको नाफा प्रत्यक्ष किसानसम्म पुग्छ। अमूल आज एक बहुराष्ट्रिय कम्पनीका रुपमा स्थापित भैसकेको छ। यसका वितरण शाखाहरु अफ्रिका, युरोप तथा अमेरिकामा पनि रहेका छन।
३६ लाख किसानहरू अमूलसँग प्रत्यक्ष जोडिएका छन्।
भारतको सबैभन्दा ठूलो डेरी ब्रान्ड।
‘Make in India’ को साँचो उदाहरण।
अमूल एक विचार हो। एक आन्दोलन हो। एक क्रान्ति हो। र सबैभन्दा मुख्य कुरा – यो भारतका किसानहरूको सम्मान हो।